२०८३ श्रावण ११ गते सोमवार

images

प्रहरी चारित्रिक प्रमाणपत्रको लागि एनसेल एप मार्फत सजिलै आवेदन लिन सकिने

प्रहरी चारित्रिक प्रमाणपत्रको लागि एनसेल एप मार्फत सजिलै आवेदन लिन सकिने

सहर्ष न्युज
शुक्रवार, भाद्र २१ २०८१
सहर्ष न्युज
शुक्रवार, भाद्र २१ २०८१
  • प्रहरीमा उजुरी र चारित्रिक प्रमाणपत्र आवेदन दर्ताका लागि डेटा शुल्क नलाग्ने

    काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ ।

    सधैं अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुपम एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् ।

    साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरु लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।

    “एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एप मार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं । यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,” एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने । “सधैं अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ ।”

    एनसेलको यो एपले स्व–सेवाको अवधारणालाई पुनः परिभाषित गरेको छ र डिजिटल रूपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रुपमा स्थापित गरेको छ । यो एपलाई स्थानिय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुको प्रयोग गरेर अद्यावधिक गरिएको छ र यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्दछ ।

    यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरुका लागि पनि एकदमै महत्व राख्दछ । रोमिङका बेलामा ग्राहकहरुले सजिलै रिचार्ज गर्न, प्याकहरु किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन् । ग्राहकहरुले सजिलैसँग गुगल प्ले स्टोर वा एप स्टोरमा गई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend