२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी...

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सिन्हालाई, अन्य मन्त्रालय कसलाई

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सिन्हालाई, अन्य मन्त्रालय कसलाई

सहर्ष न्युज
शुक्रवार, पौष २५ २०८२
सहर्ष न्युज
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्री कुलमान घिसिङको राजीनामासंगै मन्त्रिपरिषद् पुनःव्यवस्थापन गर्दै  तीन मन्त्रीलाई अतिरिक्त मन्त्रालयको कार्यभार दिएकी छिन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् पुनःव्यवस्थापन भएको  छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि ती मन्त्रालयको कार्यभार अन्य मन्त्रीहरूलाई तोकिएको हो।

    राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हालाई प्रदान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईलाई र सहरी विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई तोकिएको छ।

    उक्त निर्णय २०८२ पुस २४ गते राष्ट्रपतिबाट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend