२०८३ श्रावण ११ गते सोमवार

images

विराटनगरका दुई क्यासिनोमा छापा: नेपालीलाई जुवा खेलाएको आरोपमा सञ्चालकसहित २२ जना पक्राउ

विराटनगरका दुई क्यासिनोमा छापा: नेपालीलाई जुवा खेलाएको आरोपमा सञ्चालकसहित २२ जना पक्राउ

सहर्ष न्युज
सोमवार, पौष ७ २०८२
सहर्ष न्युज
सोमवार, पौष ७ २०८२
  • विराटनगर : विदेशी नागरिकलाई मात्र प्रवेश दिने कानुनी व्यवस्था उल्लङ्घन गर्दै नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आरोपमा विराटनगरमा सञ्चालित दुई क्यासिनोका सञ्चालक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङले मध्यराति छापा मार्दै क्यासिनो सञ्चालकसहित २० जना नेपाली नागरिकलाई रङ्गेहात नियन्त्रणमा लिएको हो। लामो समयदेखि नेपालीलाई क्यासिनोमा प्रवेश दिइँदै आएको गुनासो आएपछि प्रहरीले कारबाही गरेको जनाएको छ।

    प्रहरीका अनुसार विराटनगरस्थित ‘बिग होटल’भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’भित्र रहेको गोल्डेन क्यासिनोमा राति करिब ११ बजे एकैसाथ छापा मारिएको थियो।

    छापाका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेका छन्। साथै, रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपाली नागरिकलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार पक्राउ परेका सबैलाई हाल प्रहरी हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध सोमबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाइने तयारी गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend