२०८३ भाद्र २८ गते आइतवार

images

स्टार फुटबलर लियोनेल मेस्सी भारत आइपुगे, हजारौं फ्यानहरू भेला

स्टार फुटबलर लियोनेल मेस्सी भारत आइपुगे, हजारौं फ्यानहरू भेला

सहर्ष न्युज
शनिवार, मंसिर २८ २०८२
सहर्ष न्युज
शनिवार, मंसिर २८ २०८२
  • काठमाडौँ : अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भातको कोलकाता आइपुगेका छन्। उनीसँगै लुइस स्वारेज र रोड्रिगो डे पल पनि छन्।

    मेस्सी 'गोट इन्डिया टुर २०२५' को एक भागको रूपमा कोलकाता आइपुगेका हुज्। मेस्सीको एक झलक हेर्न कोलकाता विमानस्थलमा हजारौं फ्यानहरू भेला भएका थिए।

    समाचार एजेन्सी पीटीआईका अनुसार मेस्सीलाई स्वागत गर्न हजारौं मानिसहरू मध्यरातसम्म पर्खिरहेका थिए। उनको विमान शनिबार बिहान २:२६ बजे कोलकातामा अवतरण गरेको थियो।

    मेस्सीले 'गोट इन्डिया टुर २०२५' को एक भागको रूपमा भारतमा तीन दिन बिताउने छन्। यस क्रममा उनले देशका चार शहरहरूको भ्रमण गर्ने छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend