२०८३ कार्तिक १५ गते शनिवार

images

चार महिने छोराको हत्या अभियोगमा प्रहरीका असई नागढुंगाबाट पक्राउ

चार महिने छोराको हत्या अभियोगमा प्रहरीका असई नागढुंगाबाट पक्राउ

सहर्ष न्युज
सोमवार, मंसिर २३ २०८२
सहर्ष न्युज
सोमवार, मंसिर २३ २०८२
  • काठमाडौं : आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्।

    उनले काठमाडौंको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए। 

    उनले भने, ‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौं, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ।’ 

    असई कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend