२०८३ श्रावण ११ गते सोमवार

images

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठको राजीनामा

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठको राजीनामा

सहर्ष न्युज
शनिवार, मंसिर २१ २०८२
सहर्ष न्युज
शनिवार, मंसिर २१ २०८२
  • काठमाडौं : उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्। हेटौँडामा भइरहेको सडक विस्तारका क्रममा घरधनीलाई उचित मुआब्जा नदिई विद्युत् काटेर संरचना भत्काएको घटनाप्रति असन्तुष्ट हुँदै उनले सामाजिक सञ्जालमार्फतै राजीनामा दिएकी हुन् ।

    श्रेष्ठले सामाजिक सञ्जालमा, “आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा घोषणा गर्दछु,” भन्दै पार्टीमा बसिरहन आफूलाई नैतिकताले अनुमति नदिएको स्पष्ट लेखेकी छन्। उनले आफू हेटौँडा पीडितहरूसँगै रहने पनि उल्लेख गरेकी छन्।

    यस्तै अर्को स्टाटसमा उनले, “नैतिकता छ ममा । त्यसैले राजीनामा हो। बुझ्न अनुरोध गरें। मरेका मान्छे बोल्दैनन्, म जिउँदो छु,” भनेर पार्टी नेतृत्वप्रति रोष प्रकट गरेकी छन् ।

    सडक विस्तारका क्रममा बल प्रयोग, पूर्वसूचना अभाव र मुआब्जा नदिएको विषयमा उत्पन्न विवादपछि उनको राजीनामा सार्वजनिक भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend