२०८३ श्रावण १० गते आइतवार

images

दक्षिण–पश्चिम बंगालको खाडीको प्रभाव: देशभर बदली र तापक्रममा उतार–चढाव

दक्षिण–पश्चिम बंगालको खाडीको प्रभाव: देशभर बदली र तापक्रममा उतार–चढाव

सहर्ष न्युज
मंगलवार, मंसिर १७ २०८२
सहर्ष न्युज
मंगलवार, मंसिर १७ २०८२
  • काठमाडौं । कोशी, मधेस र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी तथा भारतको तमिलनाडु आसपास विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ।

    यसैबीच, काठमाडौं उपत्यकामा आज बिहान ६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ। उपत्यकाको आजको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको आसपास रहने महाशाखाले पूर्वानुमान गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend