२०८३ कार्तिक १५ गते शनिवार

images

आज देशभर ११ औं राष्ट्रिय उद्योग दिवस मनाइदै

आज देशभर ११ औं राष्ट्रिय उद्योग दिवस मनाइदै

सहर्ष न्युज
मंगलवार, मंसिर १० २०८२
सहर्ष न्युज
मंगलवार, मंसिर १० २०८२
  • काठमाडौं । नेपालमा आज देशभर ११ औं राष्ट्रिय उद्योग दिवस मनाइदैछ । उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने गरिन्छ । मुलुकमा औद्योगिक प्रबर्द्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय भएको हो ।

    सरकारले गरेको सोही निर्णय बमोजिम आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी उद्योग दिवस मनाइदै गरेको हो ।

    यो दिवस विशेषगरी उद्योग मन्त्रालाय, उद्योग विभाग, उद्योगीहरुका साथै उद्योगसँग सरोकार राख्नेहरुले विशेष चासोका साथ मनाउने गर्दछन् । विभिन्न कार्यक्रमका साथै उद्योगीहरुले फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा शुभकामना आदान प्रदान गरिरहेका छन् ।

    यस वर्षको औद्योगिक दिवसको नारा ‘उद्योग र रोजगार : समृद्धिको आधार’ भन्ने रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend