२०८३ भाद्र २७ गते शनिवार

images

भारत र चीनबिच पाँच वर्षपछि सिधा उडान सुरु

भारत र चीनबिच पाँच वर्षपछि सिधा उडान सुरु

सहर्ष न्युज
सोमवार, कार्तिक ११ २०८२
सहर्ष न्युज
सोमवार, कार्तिक ११ २०८२
  • काठमाडौं । भारत, कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगोको उडान ६ई–१७०३ सोमबार ग्वाङ्झाउ पुगेको छ। यो सँगै भारत र चीनबिच पाँच वर्षदेखि रोकिएको सिधा उडान पुनः सुरु भएको छ।

    कोभिड महामारीका कारण सन् २०२० मा उडानहरू बन्द भएका थिए। त्यसै वर्ष लद्दाखको गलवानमा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप हुँदा सिधा हवाई सेवा बन्द गरिएको थियो।

    पछिल्ला वर्षहरूमा दुई देशबिच सम्बन्ध सुधार हुँदैछ। गत वर्ष सीमा गस्तीमा महत्त्वपूर्ण सम्झौता भएको थियो। सात वर्षपछि गत अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गरेका थिए। सो अवसरमा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग भेट पनि गरेका थिए। चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमण गरेर उक्त सम्बन्ध सुधारमा महत्वपूर्ण कदम चालेका थिए।

    भारत सरकारले उडान पुनः सुरु हुँदा जनता-जनताबिच सम्पर्क बढ्ने र ‘द्विपक्षीय सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण’ गर्न सहयोग पुग्ने बताएको छ। एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend