२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • महाभारतमा कर्णको भूमिका निभाएका पंकज धीरको...

महाभारतमा कर्णको भूमिका निभाएका पंकज धीरको निधन

महाभारतमा कर्णको भूमिका निभाएका पंकज धीरको निधन

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौं । बहुचर्चित महाभारत टेली श्रृंखलामा कर्णको भूमिका निभाएर चर्चित भएका अभिनेता पंकज धीरको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको भारतीय मिडियाले खबर दिएका छन् ।

    ६८ वर्षीय पंकज लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । रोग धेरै बल्झिएपछि केही महिनाअगाडि उनको मेजर अप्रेसन गरिएको थियो ।

    सन् १९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टिभी सिरियल ‘महाभारत’ मा कर्णको भूमिका निभाएपछि उनी लोकप्रिय भएका थिए ।

    महाभारतका अलावा उनले चन्द्रकान्ता जस्ता लोकप्रिय श्रृंखलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पञ्जाबमा जन्मिएका धीरले फिल्महरूमा पनि काम गरेका थिए, तर टेलिभिजन नै उनको मुख्य पहिचान बनेको थियो। उनको अन्तिम संस्कार बुधबार नै मुम्बईको विले पार्लेस्थित श्मशान गृहमा गरिने भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend