२०८३ भाद्र २८ गते आइतवार

images

राष्ट्र बैंकले ५० रुपैयाँका ४२ करोड नयाँ नोट छाप्ने, चिनियाँ कम्पनीलाई ठेक्का

राष्ट्र बैंकले ५० रुपैयाँका ४२ करोड नयाँ नोट छाप्ने, चिनियाँ कम्पनीलाई ठेक्का

सहर्ष न्युज
बुधवार, आश्विन २९ २०८२
सहर्ष न्युज
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंककले ५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । उक्त नोट छाप्न केन्द्रीय बैंकले चीनको कम्पनीलाई ठेक्का दिएको छ ।

    राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिंटिङ कर्पोरेसन लाई रू. ५० दरको नोट छपाइको ठेक्का दिएको हो ।  बैंकले उक्त कम्पनीलाई ठेक्का दिनका लागि ‘लेटर अफ इन्टेन्ट’ (ठेक्का दिने उद्देश्यको पत्र) जारी गरेको छ।

    राष्ट्र बैंकको केन्द्रीय मुद्रा विभागमार्फत सार्वजनिक खरिद प्रक्रियाअनुसार सञ्चालित बोलपत्र (IFB No. NRB/CMDIICBIG-011082/83) मा भाग लिएको उक्त चिनियाँ कम्पनीको बोलपत्र मूल्य अमेरिकी डलर 10,422,535.21 (अर्थात् झण्डै १४ अर्ब नेपाली रुपैयाँ बराबर) परेको हो।

    यसैअनुसार राष्ट्र बैंकले उक्त कम्पनीको प्रस्तावलाई "सबैभन्दा कम दर र प्राविधिक रूपमा उपयुक्त" मूल्याङ्कन गर्दै ठेक्का दिन लागिएको जनाएको छ।

    यो ठेक्काअन्तर्गत कम्पनीले ४२० मिलियन (४२ करोड) थान रू. ५० दरका नोटको डिजाइन, छपाइ, आपूर्ति र डेलिभरी गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend