२०८३ भाद्र २८ गते आइतवार

images

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम, सुन तोलाको दुई लाख तीन हजार ६ सय

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम, सुन तोलाको दुई लाख तीन हजार ६ सय

सहर्ष न्युज
आइतवार, भाद्र १५ २०८२
सहर्ष न्युज
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज सुनको मूल्य तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

    त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै तोलामा दुई हजार चार सय २५ रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन तोलाको दुई लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी दुई हजार तीन सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend