२०८३ कार्तिक १२ गते बुधवार

images

रवि लामिछाने जेलबाट छुट्ने अर्को डिजाइन पनि असफल भएको महेश बस्नेतको दाबी

रवि लामिछाने जेलबाट छुट्ने अर्को डिजाइन पनि असफल भएको महेश बस्नेतको दाबी

सहर्ष न्युज
मंगलवार, श्रावण २८ २०८२
सहर्ष न्युज
मंगलवार, श्रावण २८ २०८२
  • काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेल बाट छुट्ने अर्को डिजाइनपनि फेल खाएको बताएका छन्। लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले थुनामै राख्ने आदेश जारी गरेसँगै बस्नेतले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया राखेका हुन्।  

    ‘नमागेको अमानत बुझाएर अपारदर्शी र स्रोत नखुलेका कमाइ भएका व्यक्तिहरूलाई परिचालन गरेर जेलबाट छुट्ने उनको अर्को डिजाइन पनि फेल भयो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफूले म ठग हुँ भनेर स्वीकार गरेको परिस्थितिलाई अदालतले तिमी दोषी छैनौ भन्न सकिँदैन त्यही भएर तिमी पूर्वपक्षमै जेल बस भनेर भनिदियो।’

    अदालतको आदेशसँगै फेरी रास्वपा टिमले रोइलो मच्चाउने बस्नेतको बुझाई छ। ‘लामिछानेले २ करोड ७४ लाखको बैङ्क जमानतसहित रिहा मागे पनि निवेदन अस्वीकृत भएको छ,’ उनले लेखेका छन्, ‘अब सरकार ‘झन् प्रतिशोधी’ भयो भन्दै रास्वपा टिमले फेरि रोइलो मच्चाउने नै छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend