२०८३ श्रावण १२ गते मंगलवार

images

गोरखामा यस वर्ष झण्डै ५५ किलोमिटर सडक कालोपत्रे थपियो

गोरखामा यस वर्ष झण्डै ५५ किलोमिटर सडक कालोपत्रे थपियो

सहर्ष न्युज
शनिवार, श्रावण ४ २०८२
सहर्ष न्युज
शनिवार, श्रावण ४ २०८२
  • सुलीकोट । गोरखामा यस वर्ष झण्डै ५५ किलोमिटर सडक कालोपत्रे थपिएको छ।आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरिका ११ वटा पालिकामा ५४.६ किलोमिटर कालोपत्रे सडक थप भएको हो।

    गोरखा सडक योजना कार्यालय गोरखाले यस वर्ष धेरै २२ किलोमिटर सडक कालोपत्रे गर्नुका साथै जिल्लाका बिभिन्न स्थानमा सडक कालोपत्रे सहित, नाला निर्माण, ढलान, वाल निर्माणको काम समपन्न गरेको गोरखा सडक योजना कार्यालय गोरखाका सुचना अधिकारी आशिष रिजालले जानकारुी दिनुभयो।

    गोरखा सडक योजना कार्यालय अन्र्तगत अहिले पनि सडक ग्राभेल गर्ने, नाला बनाउने र कालोपत्रे गर्ने क्रम चलिरहेकाले पनि सडक कालोपत्रे संख्या २२ बाट अझै बढ्न सक्ने सूचना अधिकारी रिजालको भनाइ छ।

    सडक योजना कार्यालयपछि सबै भन्दा धेरै २०.६ किलोमिटर सडक कालोपत्रे गरेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो।त्यस मध्ये ढलानसहित तीन किलोमिटर भन्दामाथि सडक स्तररोन्नति भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend