२०८३ भाद्र २७ गते शनिवार

images

कर नबुझाएका एक सय २२ करदाता कारबाहीमा

कर नबुझाएका एक सय २२ करदाता कारबाहीमा

सहर्ष न्युज
शुक्रवार, श्रावण ३ २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण ३ २०८२
  • काठमाडौं । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदातालाई कारबाही गरेको छ।

    लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताए।

    अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिएका छन्। कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए।

    साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend