२०८३ श्रावण ११ गते सोमवार

images

ट्रम्पको चेतावनी : इरानलाई आत्मसमर्पण गर्न आग्रह, आकाशमाथि पूर्ण नियन्त्रणको दाबी

ट्रम्पको चेतावनी : इरानलाई आत्मसमर्पण गर्न आग्रह, आकाशमाथि पूर्ण नियन्त्रणको दाबी

सहर्ष न्युज
बुधवार, आषाढ ४ २०८२
सहर्ष न्युज
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र बी–५२ बमवर्षक विमान तैनाथ गर्ने निर्णय गरेका छन्। 

    ट्रम्पले इरानको फोर्डो परमाणु केन्द्रमा बंकर–बस्टर बम प्रयोग गर्ने योजना बनाइरहेको र इजरायली विमानहरूलाई तेल आपूर्ति गर्न ट्याङ्कर विमान प्रयोग गर्न सकिने बताइएको छ।  

    अमेरिकाले इरानको परमाणु कार्यक्रम अन्त्य गर्नु आफ्नो मुख्य लक्ष्य भएको बताएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानलाई बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिँदै मंगलबार राति पोस्ट गरेका थिए। 

    उनले लेखे, ‘अब हाम्रो इरानको आकाशमाथि पूर्ण नियन्त्रण छ। हामीलाई राम्रोसँग थाहा छ सर्वोच्च नेता (अयातोल्लाह अली खामेनी) कहाँ लुकेर बसेका छन्। उनीसम्म पुग्न सजिलो छ, तर हामी अहिले उनलाई मार्ने छैनौं।’ आफ्नो तेस्रो पोस्टमा उनले लेखे, ‘बिनासर्त आत्मसमर्पण!’

    यसबिच इरानका सर्वोच्च नेता खामेनीले सामाजिक सञ्जाल एक्समा जवाफी पोस्ट गरेका छन्। उनले भने युद्ध सुरु भएको भन्दै लेखेका छन्, ‘हामीले आतंककारी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ। हामी यहूदीहरूमाथि कुनै दया देखाउने छैनौं।’

    पाँच दिनदेखि जारी लडाँइमा इरानमा दुई सय २४ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ८१ जना घाइते भएको बताइएको छ। इजरायलमा २४ जनाको मृत्यु भएको छ भने छ सय बढी घाइते भएका छन्। 

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले युद्धविरामको पक्षमा जोड दिँदै वार्ताको आवश्यकता रहेको बताएका छन्। जोर्डनका राजा अब्दुल्लाहले यो द्वन्द्वले क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्। यो युद्धले तेलको मूल्यमा ७.५ प्रतिशतको वृद्धि भएको छ, जसले वैश्विक अर्थतन्त्रमा असर पार्न सक्छ। एजेन्सी 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend