काठमाण्डौं । नेपाल सुपर लिग एनएसएलमा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफ सी बिच आज उपाधिका लागि प्रतिस्पर्धा हुदैछ । ललितपुरले तीन खेलमा बराबरी र तीन खेलमा जित निकाल्दै शीर्षमा स्थानमा रहेर पहिलो क्वालिफायर पुग्यो। पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २-१ ले हराउँदै ललितपुर फाइनलमा पुग्यो।
अपराजित रहदै फाइनलमा पुगेको ललितपुरले उपाधिका लागि शनिबार साँझ दशरथ रंशगालामा पोखरा थन्डर्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो पटक एनएसएलको फाइनलमा पुगेको पोखराको फाइनल यात्रा सहज भने भएन। उसले लिग चरणका सुरूवाती दुई खेलमा हार ब्यहोरेको थियो। त्यसपछिका चार खेलमा दुईमा जित र दुईमा बराबरी खेलेपछि पोखराले ८ अंक जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो।
एलिमिनेटरमा चितवन एफसीलाई ३-० र दोस्रो क्वालिफायरमा धनगढीलाई १-० गोलले हराएपछि पोखराले फाइनलको यात्रा गरेको हो। पहिलो दुई खेलमा पराजय भोगे पनि पोखरा पछिल्ला ६ खेलमा अपराजित छ।
ललितपुर सिटी एफसीले गत सिजन पनि लिग हात परेको थियो भने पोखरा थण्डर्स पहिलो पटक फाइनल पुगेको हो ।

ललितपुर सिटी एफसी फाइनलसम्मको यात्रा :
ललितपुर सिटी एफसी २-२ काठमाडौँ रेजोर्स
ललितपुर सिटी एफसी ३-२ पोखरा थन्डर्स एफ सी
ललितपुर सिटी एफसी ०-० धनगडी एफ सी
ललितपुर सिटी एफसी २-१ एफ सी चितवन
ललितपुर सिटी एफसी २-० बुटवल लुम्बिनी एफ सी
ललितपुर सिटी एफसी १-१ झापा एफ सी
प्ले अफमा :
ललितपुर सिटी एफसी १-२ धनगडी एफ सी

पोखरा थन्डर्स एफ सीको फाइनलसम्मको यात्रा :
पोखरा थन्डर्स एफ सी ०-२ एफ सी चितवन
पोखरा थन्डर्स एफ सी २-३ ललितपुर सिटी एफसी
पोखरा थन्डर्स एफ सी २-० काठमाडौँ रेजोर्स
पोखरा थन्डर्स एफ सी ०-० धनगडी एफ सी
पोखरा थन्डर्स एफ सी १-१ झापा एफ सी
पोखरा थन्डर्स एफ सी २-० बुटवल लुम्बिनी एफ सी
प्ले अफमा :
पोखरा थन्डर्स एफ सी ३-० एफ सी चितवन
पोखरा थन्डर्स एफ सी १-० धनगडी एफ सी
खेल आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुन्छ र खेलको टिकट ई सेवा र खल्ती एपमा उपलब्ध छन् ।
