२०८३ श्रावण ११ गते सोमवार

images

आगामी तीन दिन मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

आगामी तीन दिन मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

सहर्ष न्युज
बिहिवार, बैशाख ४ २०८२
सहर्ष न्युज
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । 

    महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    शुक्रबार र शनिबार दिउँसो सात प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ । 

    भोलि र पर्सी दुई दिन पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend