काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंबीच विवादका कारण रोकिएको तलब वितरण भएको छ । दुबै पक्षबीच विवादका कारण रोकिएको जनप्रतिनिधि र कर्मचारीले तलब पछिल्लो पटक पुनः सरोज गुरागाई गएपछि पाएका हुन् । महानगर स्रोतका अनुसार पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको हो ।
रोकिएको तलब विषयलाई राजनीतिककरण र अन्तर्राष्ट्रियकरणसमेत भइरहेको थियो । भोको भेटले अन्तिम लडाईको निष्कर्ष पुगेकै बेला उनीहरुले तलब पाउन सफल भएका हुन् ।
गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए ।
उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनाव समेत सृजना भएको थियो ।
