२०८३ भाद्र २७ गते शनिवार

images

राप्रपाका सांसद दीपक बोहोराको निधन

राप्रपाका सांसद दीपक बोहोराको निधन

सहर्ष न्युज
मंगलवार, चैत्र १८ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र १८ २०८१
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो । 

    बोहोराका स्वकीय सचिव तारामणि चन्दका अनुसार थेरापीका क्रममा घरमै अक्सिजनको मात्र एक्कासी घटेपछि ओम अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

    सोमबार मात्र बोहोराको ७३ औं जन्मदिन मनाइएको थियो । 

    उहाँ २०७९ सालको निर्वाचनमा  रूपन्देही ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । चुनावताका बालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै उहाँ विजयी बन्नुभएको हो । 

    उहाँकी छोरीको केही समयअघि मात्र निधन भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend