२०८३ कार्तिक १५ गते शनिवार

images

एआईजीको रिक्त दरबन्दीको लागि ढौदधुप सुरु

एआईजीको रिक्त दरबन्दीको लागि ढौदधुप सुरु

बिहिवार, चैत्र ६ २०८१
बिहिवार, चैत्र ६ २०८१
  •  

    काठमाडौँ । नेपाल प्रहरीमा ६ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी खाली भएको छ । उच्च प्रहरी अधिकृतहरू चैत ४ देखि निवर्तमान आईजीपी वसन्त कुँवरसँगै अवकाशमा गएका हुन् ।

    एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई एकसाथ कुँवरसँगै अवकाशमा गएका हुन् । उनीहरूकै टोली डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि अवकाशमा गएका छन् ।

    दीपक थापा नेपाल प्रहरीमा आईजीपी नियुक्त भएसँगै एआईजीको रिक्त दरबन्दीको लागि ढौदधुप सुरु भइसकेको छ । एआईजीको रिक्त दरबन्दीमा बढुवाको तीव्र प्रतिस्पर्धा देखिएको छ । एआईजी हुने प्रतिस्पर्धामा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह छन् ।

    IMG-20250320-WA0000.jpg
    खापुङले हाल केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मा समाली रहेका छन्।

    डीआईजी चन्द्र कुबेर खापुङ बढुवा सूचीको पहिलो नम्बरमा छन् । खापुङले हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा समाली रहेका छन्। यसअघि उनले कोशी प्रदेशको कमान्ड गरेका थिए । डीआईजी चन्द्र कुबेर खापुङ पहिलो नम्बरमा एआईजी भएमा नेपालको ३२औं आईजी बन्ने सुचीको पहिलो स्थानमा पर्ने छन् । खापुङले आफ्नो प्रहरी सेवामा राम्रो छवि बनाएका छन् ।

    लालमणि आचार्य मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख छन् । गत माघमा उनलाई सशस्त्र प्रहरी बलले ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेको थियो ।

    पछिल्लो ब्याचसँग डीआईजी भएका कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको प्रतिस्पर्धामा रहेका छन् । बागमती प्रदेश कार्यालय प्रमुख रहेका पोखरेलमाथि ‘आर्थिक अपचलन’ मा संलग्न भएको आरोप छ । अधिकृतहरू उनीविरुद्ध प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन गर्ने शाखामा दर्जन भन्दा बढी उजुरी परेका बताउँछन् । 

    सिद्धिविक्रम शाह २०८१ मंसिरमा बढुवा हुँदा एक नम्बरमा डीआईजी भएका थिए । उनी पनि अतिरिक्ति महानिरीक्षक हुने प्रतिस्पर्धामा छन् । बिशेष श्रोतका अनुसार प्रतिस्पर्धामा शाह अगाडि देखिएका छन् । कांग्रेस नेताहरूले उनलाई एआईजी बनाउन प्रयास गरेका श्रोतहरुले बताउँछन् ।

    साभार रातो पार्टी / लेख : राजेश भण्डारी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend