२०८३ श्रावण १० गते आइतवार

images

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक ढकाललाई हटाइयो

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक ढकाललाई हटाइयो

सहर्ष न्युज
आइतवार, चैत्र २ २०८१
सहर्ष न्युज
आइतवार, चैत्र २ २०८१
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई अवकास दिइएको छ । 

    आज चैत ३ गत सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पत्र लेख्दै उनलाई अवकाश दिइएको हो । यसअघि गत मंसिरमा कार्यकाल सकिएका ढकालले पदको निरन्तरताको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

    २८ फागुनमा उनको पदावधि सकिएको अदालतले फैसला गरेको थियो । अदालतको फैसला अनुसार आइतबारबाट लागु हुने गरी ढकाललाई अवकाश दिइएको छ ।

    नेरेसोको कर्मचारी सेवा नियमावलीमा कार्यकारी निर्देशकको तीन र निर्देशक वर्षे कार्यकाल हुने व्यवस्था छ । थप कार्यकालको माग सहितसहित ढकालल अदालत गएका थिए ।

    ढकाललाई यस अघि नेरेसोका पूर्व अध्यक्ष डा. नेत्र तिम्सिनाले २०७८ मंसिरमा पनि अवकाश दिएका थिए ।

    कार्यकारी निर्देशकको रुपमा ढकालको कार्यकाल २०७८ मंसिर सकिएको तत्कालीन अध्यक्ष तिम्सिनाले अवकाश पत्रमा लेखका छन् ।

    कर्मचारी सेवा नियमावलीमा तीन वर्षे कार्यकाल भएपनि ढकालले छ वर्षभन्दा बढी अवधि पदीय जिम्मेवारीमा रहे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend