२०८३ श्रावण ११ गते सोमवार

images

ठेकेदार बदमासीले दश वर्षदेखि शिक्षा कार्यालय भवन अलपत्र

ठेकेदार बदमासीले दश वर्षदेखि शिक्षा कार्यालय भवन अलपत्र

सहर्ष न्युज
बिहिवार, फाल्गुण २९ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण २९ २०८१
  • ओखलढुङ्गा । ठेकेदारका कारण अलपत्र परेको तत्कालीन जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाको भवन निर्माण स्थल जङ्गलमा परिणत भएको छ । ठेक्ला लागेको १० वर्ष बित्दासमेत भवन निर्माणको काम सम्पन्न भएको छैन ।

    २०७१ असार ३१ गते भवन निर्माणको जिम्मा पाएको गाल्वा पुष्पाञ्जली जेभीले भवन निर्माणका लागि घडेरी सम्याउन र डीपीसीको काम गरेर छोडेको थियो । जग्गा सम्याउन र भवनको जग हाल्न २० लाख खर्च भएको बताइएको छ । अहिले उक्त निर्माण स्थलमा उत्तिसको जङ्गल भएको छ । निर्माण कम्पनीले एक वर्षभित्र भवनको काम सक्ने गरी दुई करोड ८८ लाख ६७ हजार रुपैयाँमा सम्झौता गरेको थियो ।

    निर्माण स्थलमा निर्माण सामग्री पुर्याउन समस्या भएको, भूकम्प र नाकाबन्दी लगायतका कारण देखाएर ठेकेदार कम्पनीले काम अघि बढाएको थिएन । हालको शिक्षा विकास तथा समन्वय इकाईले पटक पटक स्पष्टिकरण सोधेर दुई वर्ष अघि ठेक्का तोडिएको सूचना अधिकारी विष्णु प्रसाद कडेलले बताउनुभयो । पर्याप्त बजेट नआएकाले नयाँ ठेक्का आह्वान नभएको कँडेलको भनाई छ । व्यक्तिको घरमा वार्षिक लाखौँ रुपैयाँ भाडा तिरेर हाल शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय सञ्चालन भइरहेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन लगायत लामो समय देखी जिल्लामा अलपत्र र रुग्ण अन्य आयोजनाहरूको काम अगाडी बढाउन विशेष पहल गरिने ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयो ।

    भर्खरै प्रमुख जिल्ला अधिकारीका रूपमा ओखलढुङ्गा आउनुभएको प्रजिअ सुवेदीले लामो समय देखी अलपत्र परेका विकास निर्माणका कामलाई सञ्चालन गर्न प्राथमिकताका साथ पहल गरिने बताउनु भएको हो ।

    स्थानीय तह र सरोकारवाला निकायसँगको समन्वयमा अलपत्र आयोजनालाई गति दिने प्रजिअ सुवेदीले बताउनुभयो । साथै जिल्लाको शान्ति सुरक्षा, सुशासन कायम गर्न तर्फ पनि विशेष योजना बनाएर काम गरिने प्रजिअ सुवेदीले बताउनुभएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend