उनले सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै कुलमानलाई किचकिच किचिकिच गरिरहनु सरकार ढंग नपुगेको हो वा बदनियत हो भन्ने आफूले बुझ्न नसकेको बताए ।
तीन, चार महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिको पछि लागेर सरकारले किचकिच किचकिच गरिरहनु उपयुक्त नभएको उनको भनाइ छ ।
महामन्त्री थापाले यस्ता नचाहिने काममा कोही पनि मन्त्री लाग्नु नहुने बताए । ऊर्जा मन्त्रालय उनकै पार्टीका सांसद दीपक खड्काले नेतृत्व गरिरहेका छन् ।
मन्त्रीहरू नचाहिने काममा लागे त्यसलाई प्रधानमन्त्रीले रोक्नु पर्ने भन्दै थापाले प्रधानमन्त्रीलाई सुझावसमेत दिए ।
‘मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि उसैले पाउँछ, नरोम्रो कामको अपजस पनि लिनुपर्छ,’ थापाले भने ।
