२०८३ भाद्र २९ गते सोमवार

images

कतारका अमिरलाई भारतमा मोदीको भब्य स्वागतको सन्देश

कतारका अमिरलाई भारतमा मोदीको भब्य स्वागतको सन्देश

सहर्ष न्युज
बुधवार, फाल्गुण ७ २०८१
सहर्ष न्युज
बुधवार, फाल्गुण ७ २०८१
  • नयाँ दिल्ली : नेपालका प्रधानमन्त्री तहका नेताहरुलाई भारत भ्रमण गर्दा एयरपोर्टमा रिसिभ गर्न आउँदा सामान्य कर्मचारी पठाउँछन् । तर कतारी अमीर शेख तमिम बिन हमद अल-थानी सोमबार राति भारत पुगेका छन्। उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं नयाँ दिल्ली विमानस्थलमा गएका थिए। यसले नेपालको कुटनीतिक कति कमजोर रहेछ भन्ने प्रमाणित गर्छ ।

    प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, 'मेरो भाइ कतारका अमीर शेख तमिम बिन हमद अल-थानीलाई स्वागत गर्न विमानस्थलमा गएको थिएँ। मलाई आशा छ उनको भारत भ्रमण सफल हुनेछ। म मंगलबारको बैठकको बारेमा उत्साहित छु।'

    त्यस्तै भारतका विदेशमन्त्री एस. जयशंकरले इन्स्टाग्राममा कतारका अमीर शेख तमिम बिन हमद अल-थानी भारत भ्रमणमा आइपुगेका जनाएका छन्। उनले लेखेका छन्, 'मलाई विश्वास छ कि प्रधानमन्त्री मोदीसँगको उनको भेटले दुई देशबीचको मित्रतालाई अझ बलियो बनाउनेछ।'

    भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमद अल-थानी फेब्रुअरी १७ र १८ मा भारतको भ्रमणमा रहने छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend