२०८३ भाद्र २८ गते आइतवार

images

युवा तथा खेलकुद मन्त्रीले 'श्री ५ को सरकार' त्रुटी सच्याए

युवा तथा खेलकुद मन्त्रीले 'श्री ५ को सरकार' त्रुटी सच्याए

सहर्ष न्युज
मंगलवार, माघ २९ २०८१
सहर्ष न्युज
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले नेपाल स्काउटको कर्मचारी नेपाल  सेवा नियमावाली २०५२ लाई संसोधन गर्ने क्रममा श्री ५ को सरकार लेखिएको पुरानै व्यवस्थामा हस्ताक्षर गरेको कागजात बाहिरिएको थियो ।  तत्पश्चात विवादमा तानिएका मन्त्री चौधरीले तत्काल उक्त त्रुटी सच्याएका छन् ।

    आफुले भुलवस् टाइप त्रुटी भएको कागजातलाई प्रमाणिकरण गरेको भन्दै मन्त्री चौधरीले आजै उक्त त्रुटी सच्याएका हुन् । उनले नेपाल स्काउटलाई पत्र लेख्दै, “मिति २०८१ स्काउट राष्ट्रिय परिषद्को बैठक २०८१ कार्तिक १० बाट संसोधीत, नेपाल स्काउट कर्मचारी सेवा नियमावाली २०५२ संशोधन २०८१ को अनुसुची ४ (क) को १ र ऐ. ४ (ख) को ४ मा टाइपमा त्रुटी भई नेपाल सरकार लेखिनुपर्नेमा श्री ५ को सरकार लेखिन गएकाले उक्त श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ भाग–१ धारा–१ मा “यो संविधान नेपालको मूल कानुन हो, यस संविधानसँग बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ” भन्ने व्यवस्था विपरीत रहेको पाइएकाले उक्त त्रुटी सच्चयाइ नियमावलीमा उल्लेखीत श्री ५ को सरकार लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरि कार्यान्वयनका लागि पठाइएको” जानकारी गराएका छन् ।

    यसै सन्दर्भमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले टाइप त्रुटी भएको कागजातको बिषयलाई नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रंजितले सुनियोजित ढंगबाट बिषयलाई अतिरंजित गरि आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप समेत लगाएकाछन् । “मलाई महेन्द्रजीले नै ल्याएर बैठकको माइन्युट र अनुसुचीमा हस्ताक्षर गराएका थिए, त्यसमा त्रुटी भएको बिषयलाई सच्याउनु पर्नेमा उल्टो मै बिरुद्ध प्रयोग गर्नु दुखःद रहेको बताए ।” उनले प्रमुख आयुक्त रंजितको असक्षमताले गर्दा नै विगत केही समयदेखी स्काउटमा विवाद बढेको बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend