२०८३ कार्तिक १५ गते शनिवार

images

प्रहरीको घुमुवा हुँ भन्दै ठगी गर्ने दुई युवा पक्राउ

प्रहरीको घुमुवा हुँ भन्दै ठगी गर्ने दुई युवा पक्राउ

सहर्ष न्युज
सोमवार, माघ २८ २०८१
सहर्ष न्युज
सोमवार, माघ २८ २०८१
  • कपिलवस्तु । प्रहरीको घुमुवा हुँ भन्दै ठगी गर्ने दुई युवालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–२, पिपरा बस्ने ३२ वर्षीय ऋषिराम घिमिरे र सोही वडाको कप्टैया बस्ने ३२ वर्षीय जीवन थापा रहेका छन्।

    इलाका प्रहरी कार्यालय पिपराका अनुसार उनीहरू आफूलाई सिआईडी बताउँदै एक स्थानीयको घरमा प्रवेश गरेका थिए। घर खानतलासी गर्ने बहानामा १७ हजार रुपैयाँ लिएको जानकारी पाएपछि प्रहरी सक्रिय भएको थियो।

    खोजीपछि बाणगंगा नगरपालिका–२, राजपुरस्थित खेलमैदानबाट दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लाकेन्द्र जिसीले जानकारी दिए।

    अदालतबाट पाँच दिनको म्याद थप गरी ठगी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend