२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सेनाको अर्बौं डलर भ्रष्टाचारको फाइल खोल्ने...

सेनाको अर्बौं डलर भ्रष्टाचारको फाइल खोल्ने ट्रम्पको अठोट

सेनाको अर्बौं डलर भ्रष्टाचारको फाइल खोल्ने ट्रम्पको अठोट

सहर्ष न्युज
सोमवार, माघ २८ २०८१
सहर्ष न्युज
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले अर्बपति एलन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन्। उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र उनको कुनै स्वार्थी मनसाय नभएको स्पष्ट पारेका हुन्।

    यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले मस्कलाई व्यक्तिगत फाइदा पुग्ने आरोप लगाएको थियो। मस्कको बचाउमा राष्ट्रपति ट्रम्पले भने, ‘उनी (मस्क) ले यसबाट केही पाउँदैनन्। वास्तवमा, उनले यसको लागि कसरी समय निकाल्छन् भन्ने कुरामा म हैरान छु।’

    ट्रम्पले मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्ने जानकारी दिए। यो काम आगामी २४ घण्टाभित्र सम्पन्न हुन सक्ने सम्भावना छ। ट्रम्पले भने, ‘हामी सेनामा भएको अर्बौं डलरको भ्रष्टाचारको पर्दाफास गर्नेछौँ। जनताले मलाई त्यसैका लागि जिताएका हुन्।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend