काठमाडौं । जनचेतनामुलक तथा हास्यप्रधान टेलि चलचित्र ‘कवाडी’को सुटिङ सुरु भएको छ । बरिष्ठ हास्य कलाकार शिवहरी पौडेल, विनोद के.सी., अंशु थापा ‘हात्ती’, पवन खतिवडा ‘बाबा’ र सुष्मा सापकोटालगायतको मूख्य भूमिका रहेको उक्त टेलि चलचित्र काठमाडौंको देवीनगरबाट सुटिङ सुरु भएको हो ।
कथावस्तु अनुसार तराईदेखि पहाडसम्म छायांकन हुने उक्त टेलि चलचित्रको अहिले विभिन्न ठाउँमा सुटिङ चलिरहेको निर्माता कम्पनी खुत्रुके मिडिया प्रालिका अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो ।
केही समय अघिमात्र स्थापना भएको खुत्रुके मिडियाले यसअघि विनोद के.सी.को लेखन तथा निर्देशनमा ‘माझीको छोरी’ नामक म्युजिक भिडियो बजारमा ल्याइसकेको छ ।
खुत्रुके मिडियाले अर्थ–राजनीति अनलाइन न्युजपोर्टल ‘सहर्षन्युज डट कम’ समेत सञ्चालन गरिरहेको छ ।

पहिलो चरणको निर्माण तथा छायांकन सम्पन्न गरी फागुन मसान्त भित्रमा प्रशारण हुने लक्ष्य राखिएको उक्त टेलि चलचित्रका निर्देशकद्वय शिवहरी पौडेल र विनोद के.सी.ले जानकारी दिनुभयो ।
मदिरा सेवन, अनैतिक गतिविधिवाट घरेलु तथा लैंगिक हिंसा मच्चाउँदै कुलतमा फसि घरवार तहस नहस बनेका दुव्र्यसनीहरुलाई निरुत्साहित गराउने लक्ष्य यस फिल्मको कथाभित्र समेटिने छ ।
‘पुरानो र थोत्रो सामान किन्ने बेच्ने मात्रै कवाडी होइन् ।’ यस टेलिचलचित्रको लेखक विनोद के.सी. भन्नुहुन्छ– ‘सांभ्रान्त वर्गले निम्न वर्गमा गर्ने व्यवहार र हिंसा पनि ‘कवाडी’ हो ।’

सरल भाषामा बुझ्ने हो भने ‘कवाडी’ भनिएका सानो आकारमा कारोवार गर्ने व्यापारी हुन् । उनीहरूलाई ‘कवाडी’ भनेर हेप्ने होइन् बरु काम नलाग्ने बस्तु पैसा तिरेरै हाम्रो फोहोर सफा गर्ने उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने कथाकार के.सी.को जोड छ । ‘कवाडी भनेको काम नलाग्ने बस्तु हो । कवाडीको व्यापार गर्ने व्यापारी कवाडी व्यापारी हुन् ।’ यस कथाका कथाकार केही भन्नुहुन्छ– ‘कवाडी सानो मात्रै हुन्न, काम नलाग्ने उद्योगको ठूला–ठूला करोडौंको मूल्य पर्ने सामान पनि कवाडी हो ।’
कथाबस्तुमा यो कुरा पनि समेटिने छ भने कवाडी व्यापारमा संलग्न तराईवासीलाई हेप्ने प्रबृतिको अन्त्य गर्दै यो टेलि चलचित्रले तराईवासी र पहाडीबीचको दुरीलाई कम गर्न मद्दत पुग्ने समेत विश्वास निर्माण पक्षले लिएको छ ।
