२०८३ भाद्र २७ गते शनिवार

images

काठमाडौंमा गुडिरहेका २९२ वटा सवारी साधन चेकजाँच गर्दा १७४ वटाको प्रदुषण मापदण्डमा फेल

काठमाडौंमा गुडिरहेका २९२ वटा सवारी साधन चेकजाँच गर्दा १७४ वटाको प्रदुषण मापदण्डमा फेल

सहर्ष न्युज
बिहिवार, माघ १० २०८१
सहर्ष न्युज
बिहिवार, माघ १० २०८१
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९२ वटा सवारी साधनको प्रदुषण चेकजाँच गर्दा १७४ वटा अर्थात ६० प्रतिशत सवारी साधन प्रदुषण फेल भएका छन् । यसमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारी साधन चेकजाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २२१ वटा चेकजाँच गर्दा १६० वटा फेल छन् । 

    सवारी साधनबाट वायु प्रदुषणमा पार्ने असर घटाउन महानगरपालिकाले चेकजाँच गरिरहेको छ । यस क्रममा फेल भएका सवारी साधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । पुस २९ गतेदेखि थालिएको यो सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारी साधनहरुलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरपालिकाको तयारी छ ।  

    अहिलेसम्ममा कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । चेकजाँचका क्रममा फेल भेटिएका सवारी साधनहरुमा, सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन् । 

    सवारी साधन चेकजाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend