२०८३ भाद्र २७ गते शनिवार

images

लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी

लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी

सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
  • हालसम्म कम्तीमा २४ जनाको मृत्यु

    काठमाडौं । क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगोले यो साता फेरि उग्र रूपले फैलने ठानिएको छ।

    अग्नि नियन्त्रकहरू झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्। यसबीचमा उनीहरूले तीनवटा डढेलो नियन्त्रण गर्ने काममा उल्लेख्य प्रगति गरेको बताइएको छ।

    सप्ताहान्तमा हावाको वेग तुलनात्मक रूपमा केही शान्त रहे तापनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतवार रातिबाट बुधवारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन्।

    उक्त हुरीको गति प्रतिघण्टा ९६ किलोमिटरसम्मको हुन्छ।

    गत मङ्गलवारदेखिको यस विपद् नियन्त्रणको प्रयासमा जुटेका स्थानीय अग्निनियन्त्रकहरूलाई अन्य आठ राज्यका साथै क्यानडा र मेक्सिकोका सहायताकर्ताहरूले साथ दिइरहेका छन्।

    लस एन्जलस सहरका स्वास्थ्य अधिकारीहरूले आइतवारसम्म मृतकको सङ्ख्या २४ पुगेको बताएका छन्।

    अधिकारीहरूले यसअघि १६ जनाको हराइरहेको बताएका थिए।

    महँगो विपद्

    यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा बढ्ता आर्थिक क्षति गराउनेमध्येमा समेत पर्ने देखिएको छ।

    आइतवार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै त्यो २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन्।

    अग्नि नियन्त्रकहरू ठूला आगलागी नियन्त्रणमा लिने प्रयास सुरु गर्दै गर्दा अधिकारीहरूले आउन लागेको नयाँ हुरीले "सम्भावित रूपमा विनाशकारी हावा" सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।

    पूरै एलए काउन्टीलाई सजग अवस्थामा राखिएको छ।

    "दुर्भाग्यवश हामी अब र बुधबार बीचमा केही सम्भावित विनाशकारी हावाको अवस्थाका कारण 'रेड फ्ल्याग'को अवस्थामा फर्किरहेका छौँ। मङ्गलवार सबैभन्दा ठूला हुरी आउने अपेक्षा गरिएको छ," पसाडेना अग्नि प्रमुख चाड अगस्टिनले बीबीसीलाई भने।

    "हामीले केही प्रगति गरिरहे पनि यसको अन्त्य अझै नजिक पनि छैन," उनले भने।

    एलए सहरका अग्नि नियन्त्रण सम्बन्धी प्रमुख क्रिस्टिन क्रोलेले घर छाड्नुपर्ने हुन सक्ने अवस्थामा राखिएका मानिसहरूलाई चेतावनी जारी हुँदाका अवस्थामा भाग्नका लागि तयार रहन आग्रह गरेका छन्।

    उनले सहायताकर्ताहरूलाई अवरोध नहुनका लागि सक्दो सडक र आसपास नरहन आग्रह गरेका छन्।

    हजारौँ मानिस अझै घरबाहिर

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend