२०८३ भाद्र २७ गते शनिवार

images

बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यकः अर्थमन्त्री पौडेल

बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यकः अर्थमन्त्री पौडेल

सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्‍याउन बीमा साक्षरता अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

    अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवनचक्रमा आधारित भएर बीमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गर्नुभयो । उहाँले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशिल रहेको बताउनुभयो ।

    उपप्रधानमन्त्री पौडेलले स्वास्थ्य बीमा, लघु बिमा, कृषि बीमा, सहुसलयतपूर्ण कर्जाको बीमा विस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र शिघ्र दाबी भुक्तानी प्रणालीको तीव्र विस्तार, बीमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

    ‘‘बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्यून आय भएका वर्गलगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्‍याउन बीमा साक्षरता अभियानलाई तीव्र बनाउनु आवश्यक छ । सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बीमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन चाहन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा निरन्तर क्रियाशिल हुन चाहन्छ । बीमालाई सामाजिक सुरक्षासँग आवद्ध गर्नेगरी नीतिगत प्रवन्ध गरिनुको पनि तात्पर्य यही हो ।’’

    उहाँले बिमकहरूको जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागु गर्ने, बीमा क्षेत्रको नियमन सबल, प्रभावकारी र व्यावसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बीमाको संस्थागत क्षमता वृद्धि गर्ने, बिमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वतावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

    अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवर्द्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले सबै कार्यक्रममा मन्त्रीलाई बोलाउनुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किन आग्रह गर्नुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend