२०८३ कार्तिक १५ गते शनिवार

images

लाखौँ रकम दुरुपयोग न वधशाला न औजार

लाखौँ रकम दुरुपयोग न वधशाला न औजार

सहर्ष न्युज
शनिवार, पौष २० २०८१
सहर्ष न्युज
शनिवार, पौष २० २०८१
  • दोलखा । करिब दुई दशकअघि सदरमुकाम चरीकोटमा शुद्ध मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्मित अत्याधुनिक वधशालाको अहिले नामोनिसान पनि छैन । 

    गत २०६१ सालमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयको विशेष पहलमा १० लाख २३ हजार १५३ रुपियाँ लागतमा निर्मित सो वधशाला पानीको अभाव देखाएर दुर्गन्धित बनेपछि हटाइएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताउनुभयो ।

    उहाँका अनुसार पूर्वाधार नै नभएको अवस्थामा नगरपालिका बनेकाले एकै पटक सबै संरचना बनाउन र सञ्चालन नसकिएको हो । अत्याधुनिक वधशाला बने पनि व्यवसायीलाई ऐन, कानुनको मापदण्डमा ल्याउन नसक्दा उपभोक्ताले अस्वस्थकर मासु खान बाध्य भएको देखिएकाले वधशाला तत्काल हटाउनु परेको हो । यसपछि वधशालाको खासै माग पनि आएको छैन । व्यवसायीहरूले आआफैँले व्यवस्था मिलाएर मासु बिक्रीवितरण गरिरहेका छन् । 

    भीमेश्वर मासु व्यवसायी सङ्घका अध्यक्ष शङ्कर खड्गीले भन्नुभयो, “निर्मित वधशाला सञ्चालनमा ल्याउन नसक्नु स्थानीय सरकारको कमजोरी हो । त्यतिबेला निर्माण गरिएको अत्याधुनिक भवन मात्र होइन, तेस्रो पशु विकास आयोजना हरिहर भवन ललितपुरबाट प्राप्त दुई लाख ८८ हजार ५१३ रुपियाँ बराबरका अत्याधुनिक हतियार पनि अहिले छैनन् । गत २०७२ को भूकम्पपछि दाताहरूले सोही स्थानमा निर्माण गरिदिएको शौचालय पनि बेवारिसे अवस्थामा छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend