२०८३ कार्तिक १५ गते शनिवार

images

गोरखाको अन्तिम गाउँ साम्दोमा अत्यधिक मात्रामा चिसो, जाडो छल्न सिङ्गो गाउँ झर्‍यो बेशीमा

गोरखाको अन्तिम गाउँ साम्दोमा अत्यधिक मात्रामा चिसो, जाडो छल्न सिङ्गो गाउँ झर्‍यो बेशीमा

सहर्ष न्युज
शुक्रवार, पौष १९ २०८१
सहर्ष न्युज
शुक्रवार, पौष १९ २०८१
  •  

    सुलीकोट । गोरखा सदरमुकामबाट ५५ कोष टाढा रहेको तिब्बती सिमानजिक रहेको गोरखाको अन्तिम गाउँ साम्दोमा अत्यधिक मात्रामा चिसो बढेसँगै सिङ्गो गाउँका बासिन्दा तलको बेशीमा झरेका छन् । 

    गत शनिबार र आइतबार परेको हिउँले ढाकिएपछि माइनस २० डिग्री तापक्रम झरेकाले पनि सिङ्गो गाउँ नै बेशी झरेका चुमनुब्री गाउँपालिका –१ का वडा अध्यक्ष कर्मसेबाङ लामाले जानकारी दिनुभयो । 

    उहाँका अनुसार चुमनुब्री गाउँपालिकाको साम्दोमा ४३ घरधुरी गाउँ नै छाडेर फिलिम, छेकम्पार, गोरखा सदरमुकाम र काठमाडौँ समेत पुगेको उहाँले बताउनुभयो । साम्दोमा भएका ८ वटा होटेलमध्ये ७ वटा होटेल बन्द भइसकेको र एउटा होटेलमा एकजना मात्र काम गर्ने कर्मचारी रहेको होटेल व्यवसायी निमा लामाको भनाइ छ । 

    अत्यधिक मात्रामा चिसो बढेसँगै त्यहाँ पुग्ने पर्यटक संख्या घट्दै जान थालेको छ । साम्दाबोट ३ घण्टा हिडेपछि धर्मशाला होटेल पुगिन्छ धर्मशालबाट लार्केपास जान्छन् र त्यहीँबाट पर्यटकहरु मनाङ पुग्छन् । 

    अहिले अफसिजन भएकाले पनि बिदेशी पर्यटकको संख्यामा कमी आएको हो । फाट्टफुट्ट रुपमा देखिएका पर्यटकलाई धर्मशाला भन्ने ठाउँमा होटलका एकजना कर्मचारीले होटेल खोलेर पर्यटक एवं गाइडलाई खाना बनाएर र खुवाउने गरेका छन् । 

    दिनभरी घोडा चौरी र याक जंगलमा छाडेर गए पनि बेलुका गोठमा बाँध्नका लागि एकजना हेरालुले जिम्मा लिएको स्थानीय फाल्टेन लामाले बताउनुभयो । अहिले साम्दोमा एपीएफको आउट बोर्डर पोष्टका सुरक्षाकर्मी, घोडा एक र चौरी हेरालु साथै एकजना होटलका कर्मचारी मात्र भएको बोर्डर आउट पोष्टका प्रमुख धर्म पण्डितले बताउनुभयो । 

    जाडो सकिएसँगै सिजनमा पर्यटक भित्रिने समय फागुनको दोस्रो साताबाट मात्र गाउँका मानिसहरु गाउँ फर्कने ब्यबशायी निमा लामाले जानकारी दिनुभयो । साम्दोमा १ फिट हिउँ अहिले पनि भएकाले खानेपानी पाइपमा जमेर समस्या भएको सशस्त्र प्रहरी निरीक्षक पण्डितको भनाइ छ । 

    अहिले ४३ घरधुरीमा सबै घर परिवारहरु बेशीमा झरिसकेको तथा सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट रहेका सुरक्षाकर्मी बाहेक गाउँमा कोही नदेखिएका साम्दो आउट बोर्डरपोष्टका सशस्त्र प्रहरी निरीक्षक धर्म पण्डितले बताउनुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend