२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • अमरेश सिंहको प्रश्न : अख्तियार प्रधानमन्त्री...

अमरेश सिंहको प्रश्न : अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?

अमरेश सिंहको प्रश्न : अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?

बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निश्पक्षताको विषयमा ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।

    ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’, उनले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।
    अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको भनेर उनले यसरी जानू पनि गलत रहेको बताए । गत असार पहिलो साता अख्तियारको टिम नै प्रधानमन्त्री कार्यालय पुगेको थियो । सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भनेर प्रश्न उठेको थियो ।

    यसै पृष्ठभूमिमा सांसद सिंहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको कार्यालयको शाखा हो ?’ भनेर गरेका हुन् ।

    ओ के बाट साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend