२०८३ श्रावण २१ गते बिहिवार

images
  • समाचार
  • काठमाडौँ महानगरले पाउँदैछ नयाँ प्रमुख प्रशासकीय...

काठमाडौँ महानगरले पाउँदैछ नयाँ प्रमुख प्रशासकीय अधिकृत, केही सहसचिवको सरुवा तयारी

काठमाडौँ महानगरले पाउँदैछ नयाँ प्रमुख प्रशासकीय अधिकृत, केही सहसचिवको सरुवा तयारी

बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । सरकारले केही सहसचिवको सरुवा गर्ने तयारी गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचना कार्यान्वयन, कर्मचारी मिलान तथा नियमित खटनपटनलाई निरन्तरता दिने क्रममा बुधवार(हिजो)को मन्त्रिपरिषद् बैठकबाट सीमित संख्यामा सहसचिवहरूको सरुवा गर्ने तयारी भएको हो।

    प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार यसपटक कम्तीमा तीनदेखि पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर हुने सम्भावना छ। सोही क्रममा काठमाडौँ महानगरपालिकाले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउने भएको छ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई बुधबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त भएको पदमा नयाँ सहसचिव खटाउने तयारी गरिएको स्रोतले जनाएको छ। उक्त जिम्मेवारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको नाम चर्चामा रहेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend