२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह...

स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता, नकआउट चरणमा प्रवेश

स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता, नकआउट चरणमा प्रवेश

सहर्ष न्युज
बिहिवार, आषाढ ११ २०८३
सहर्ष न्युज
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं । ब्राजिल विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

    बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको समूह ‘सी’ को यो खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको छ। भने, ब्राजिलको ७ अंक छ।

    स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे। भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए। भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए। ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए।

    स्कटल्यान्डले भने कुनै गोल फर्काउन सकेन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend