२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको...

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बिदाइ: राजनीतिक यात्राको नयाँ अध्याय सुरु

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बिदाइ: राजनीतिक यात्राको नयाँ अध्याय सुरु

शुक्रवार, माघ ३ २०८२
शुक्रवार, माघ ३ २०८२
  • काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट बिदाइ लिँदैछन्। उहाँको बिदाइ कार्यक्रम आज साँझ ३ बजे महानगरपालिकाको मुख्य कार्यालय वा सम्बन्धित स्थानमा आयोजना हुँदैछ। यो बिदाइ राजनीतिक निर्णयसँग जोडिएको छ। पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने तयारी गर्नुभएको छ। यसका लागि उहाँले महानगर प्रहरी प्रमुखको जिम्मेवारी त्याग्नुभएको हो। उहाँले मेयर बालेन्द्र शाह (बालेन) सँगै माघ ४ गते नै महानगर छोड्ने योजना बनाउनुभएको बिशेष सुत्रले जनाएको छ ।

    मेयर बालेन्द्र शाहले पनि माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारी गरेको स्रोतहरूले जनाएका छन्। राजीनामा पछि उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नुहुनेछ। पाण्डे बालेन निकट मानिनुहुन्छ र उहाँको राजनीतिक यात्रामा पनि बालेनको प्रभाव देखिन्छ। बालेन निकट स्रोतका अनुसार पाण्डेलाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने योजना रहेको छ ।

    राजुनाथ पाण्डेले वि.सं. २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो। २०७७ मा उहाँ नगर प्रहरी नायब उपरीक्षकबाट उपरीक्षकमा पदोन्नति हुनुभयो। भदौ २०७९ मा मेयर बालेन्द्र शाहको निर्णयमा उहाँलाई काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी दिइएको थियो। उहाँको कार्यकालमा नगर प्रहरीले फुटपाथ व्यवस्थापन, सहरी सुव्यवस्थापन, ट्राफिक अनुशासन र विभिन्न अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। तर, पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण २०८२ जेठमा ६ महिनाका लागि निलम्बन गरिएको थियो। अदालतको आदेशपछि उहाँ पुनः पदमा फर्कनुभएको थियो ।

    यो बिदाइ कार्यक्रमले काठमाडौं महानगरको प्रशासनिक र राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत गरेको छ। महानगर प्रहरी बलमा नयाँ नेतृत्वको बहस सुरु भएको छ। उहाँको नयाँ भूमिका र सफलताको लागि सामाजिक संजालमा धेरैले उनलाई शुभकामना प्रधान गरि रहेका छन्।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend