काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गरेको छ ।
रवि र बालेन सातबुँदे सम्झौता गर्नुअघिसम्म उज्यालो नेपाल पार्टीसँग संवादमा थिए । शनिबार दिनभर बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाले पठाएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो । त्यसको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएको हो ।
सो सहमतिपछि अनलाइनखबरसँगको कुराकानीमा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले जेनजी आन्दोलनको मूल भावनालाई सम्झौताले समेट्न नसकेको बताएका हुन् ।त्यसको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएको हो ।
सो सहमतिपछि अनलाइनखबरसँगको कुराकानीमा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले जेनजी आन्दोलनको मूल भावनालाई सम्झौताले समेट्न नसकेको बताएका हुन् । ‘सम्झौता अपेक्षाकृत थिएन, उहाँहरूले गर्नुभयो उहाँहरूको कुरा भयो । तर, त्यो सम्झौताले जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेटेन, समेट्दैन । त्यहाँ केवल पदको भागवण्डा छ,’ लामाले भने, ‘भोलिको रोडम्याप कस्तो हुने ? देशका तमाम समस्या समाधान कसरी गर्ने लगायतका विषयमा नीतिगत र वैचारिक प्रष्टता केही पनि छैन ।’
ओ के बाट साभार
