काठमाडौं । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अन्य पक्राउ परेका रिहा भएका छन् ।
सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।
आइतबार दिउँसो निषेधित क्षेत्रमा प्रदर्शनका गरेका कारण उहाँहरूलाई पक्राउ पर्नुभएको नेपाल प्रहरीले जानकारी दिएको थियो ।
